कतार २-१ ले पराजित

२३ औं अरेबियन गल्फ कप अन्तर्गतको दोस्रो खेलमा कतारले हार बेहोरेको छ।हिजो कुवेत स्पोर्ट्स स्टेडियममा भएको समूह बी को खेलमा कतार इराक सँग २-१ गोल अन्तरले हारेको हो।

खेलको १७ औं मिनेटमा अलि अल मोइजको गोल मा कतारले अग्रता लिएको थियो।तर सोही अनुसारको लय सम्हाल्न नसक्दा इराकको तर्फ बाट फयेज अलीले ४५ र अलि हस्निले ६६ औं मिनेटमा गोल गर्दै खेल जितेको छ।समूह बी कै अर्को खेलमा बहराइनले यमनलाई १-० गोल अन्तरले हराएको छ।

 

हिजोको हार संगै कतारको सेमीफाइनल सम्मको यात्रामा केही धक्का पुगेको छ।कतारले समूह चरणको अन्तिम खेलमा शुक्रबार बहराइन सँग खेल्दैछ।

 

 

 

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 6,642 times, 1 visits today)

Comments are closed.