कतारले आज इराकको सामना गर्दै

२३ औं अरेबियन गल्फ कप अन्तर्गत कतारले आज इराक सँग खेल्दैछ।प्रतियोगिताको आफ्नो पहिलो खेलमा यमनलाई ४-० गोल अन्तरले हराएको कतारले आजको खेल कठिन रुपमा हेरेको छ।खेल कुवेत स्पोर्ट्स रंगशालामा आज साँझ हुँदैछ।

तीन पटक उपाधि जितिसकेको इराक शारीरिक तथा आक्रामक रुपमा हामी भन्दा बलिया छन्,तर हामी जितको लागि खेल्नेछौ,प्रशिक्षक फेलिक्स संचेकले बताएका छन्।

यता इराकले आफ्नो पहिलो खेलमा प्रतियोगिता बाट बहिरिसकेको आयोजक राष्ट्र कुवेत संग १-१ को बराबरी खेलेको थियो।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 23 times, 1 visits today)

Comments are closed.