कतारमा हाउसफुल छक्का पञ्जा २,आउँदो शुक्रबार फेरि देखाइने

यो वर्षकै सर्वाधिक सफल चलचित्र छक्का पञ्जा २ कतारमा पनि हाउसफुल का साथ प्रदर्शन भएको छ।

हिजो ग्रान्ड मल स्थित एसियन टाउन सिनेमामा प्रदर्शित यस चलचित्र हेर्न उल्लेखनिय दर्शकहरुको उपस्थिति रहेको थियो।त्यस्तै झण्डै सयको संख्यामा दर्शकहरुले टिकट नपाउँदा फर्कन समेत परेको थियो।

साथै आयोजकले दर्शकहरुको मागलाई मध्यनजर गर्दै चलचित्र पुनः आउँदो शुक्रबार सोही समय र हल मा प्रदर्शन गर्ने भएको छ।त्यस्तै समयमै आफ्नो टिकट बुकिङ गरी ढुक्क हुन आयोजक कस्तो राम्रो इभेन्टस ले दर्शकहरुलाई अनुरोध समेत गरेको छ।

टिकट बुकिङ तथा थप जानकारीको लागि ५०९१६३८७ र ७४७३७१४३ मा सम्पर्क गर्न सकिनेछ।

दीपाश्री निरौला निर्देशित चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत,  जितु नेपाल, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

नेपालमा यो चलचित्रले १५ करोड हारहारीको व्यापार गरेको थियो । केही हलमा अझै यो चलचित्र चलिरहेको छ ।

आफ्नो प्रतिकृया दिनुहोस

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 61 times, 1 visits today)

Comments are closed.