कतारले अन्तराष्ट्रिय सुरक्षा सम्मेलन आयोजना गर्ने

कतारले अन्तराष्ट्रिय अपराध प्रहरी संस्था (इन्टरपोल) सँग समन्वय गरि आउँदो ७ देखि ८ तारिख सम्म दोहाको सेन्ट रेगिस होटलमा विश्वकै पहिलो सुरक्षा सम्मेलन आयोजना गर्ने भएको छ।

सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) अन्तर्गतको सुरक्षा कमिटीले आयोजना गर्ने उक्त सम्मेलन २०२२ विश्वकपको तयारीका लागि संरचना अन्तर्गत आयोजना गर्न लागिएको हो।

विश्वमा आयोजना हुने खेलकुद कार्यक्रमको सुरक्षाको लागि मजबुद अन्तराष्ट्रिय साझेदारी सम्मेलनको मुख्य उदेश्य रहेको एससी का कार्यकारी निर्देशक मेजोर अलि मोहम्मद अल अलीले बताएका छन्।

दुई दिन सम्म चल्ने सो कार्यक्रममा जम्मा ६४ राष्ट्रका ३५० प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन्।त्यस्तै इन्टरपोलका १९२ सदस्यलाई निम्तो गरिएको हिजो एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

 

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 6,415 times, 1 visits today)

Comments are closed.