कतारमा “छक्का पञ्जा २” नोवेम्बर १० मा प्रदर्शन हुने

नेपालमा यो वर्षकै सर्वाधिक सफल चलचित्र “छक्का पञ्जा २” कतारमा पनि प्रदर्शन हुने भएको छ। चलचित्र आगामी शुक्रबार नोभेम्बर १० तारिख दिउँसो २:१५ बजे सनैया स्थित ग्रान्ड मल नजिकैको एसियन टाउन सिनेमाको हल नं ३ मा प्रदर्शन हुन लागेको हो।

कस्तो राम्रो ईवेन्ट्सको प्रस्तुतिमा प्रदर्शन हुने सो चलचित्रको टिकट दर भने ३५,५० र ७५ रियाल तोकिएको छ। अग्रिम टिकट बुकिङ तथा अन्य जानकारीको लागि 50916387,74737143 र 30731869 मा सम्पर्क गर्न सकिनेछ।

अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ कमेडी शैलीमा उठान गरेको छक्का पञ्जा २ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन । समिक्षकले चलचित्रलाइ औषत भनेता पनि नेपाली दर्शकले  चलचित्रलाइ भने रुचाएका छन् । अहिले सम्म ‘छक्का पन्जा २’ सर्वाधिक कमाउने चलचित्रको दोश्रो स्थानमा आइपुगेको छ , ऊ अब आफ्नै “छक्का पन्जा’को सर्वाधिक कमाइको रेकर्ड तोड्न भने अझै केही दिन कुर्नुपर्ने हुन्छ ।

दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 14,886 times, 1 visits today)

Comments are closed.