अनेसास नवोदितको ७४ औं डबली सम्पन्न

दीलिप पराजुली

लामो समय देखी नेपाली साहित्य क्षेत्रमा सहयोग पुर्याउदै आएका संस्थाहरु,अन्तर्राष्ट्रिय  नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो डबलीको ७४ औं श्रृङ्खला भब्य रुपमा सम्पन्न गरेको छ। हरेक महिनाको दोश्रो शुक्रबार हुने डबली दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रममा दुई दर्जन भन्दा बढी सर्जकहरुले आ-आफ्ना श्रृजना पस्केका थिए ।

विशिष्ट श्रोताका रुपमा खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष खगेन्द्र कार्कीलाई  निम्त्याएको उक्त डबलीलाई शेखर बस्नेतले संचालन गरेका थिए । ईश्वर राईको गजल बाट शुरु भएको डबलीमा दीप प्रदिप कुमार, बिन्दा लामा, राजेन्द्र घिमिरे, शुभ सन्ध्या, सागर बिभोर,शेखर बस्नेत, जगतराम बर्देवा, श्याम राज रानाभाट, दीलिप पराजुली, सिताराम थापा र लेख कार्कीले गजल सुनाएका थिए भने बिनोद खड्का, हरिविनोद अधिकारी, बेचन महतो र रुप रसाइलीले कबिता वाचन गरेका थिए

। हरेक सर्जकको गजल तथा कवितामा देशप्रेम, स्वदेशको चाडबाड र प्रदेशको पीडा महसुस गरिएको थियो ।

करिब दुई घण्टा भएको डबलीमा कतारबाट कलम चलाइरहेका कवि रुप रसाइलीलाई साहित्यिक चौतारी नेपालले प्रदान गरेको प्रसंशा पत्र पनि हस्तान्तरण गरिएको थियो । कवि तथा गजलकार रसाईली प्रवास बाट नै साहित्यिक चौतारीको सम्पादक मण्डलमा रहेर काम गरिरहेका छन ।

कार्यक्रमको अन्त्यमा विशिष्ट श्रोता कार्कीले दोहाको यो साहित्यक माहोल कहिले पनि पछि नपर्नेमा जोड दिए । कार्की आफैले कविता सुनाई माहोल तताएका थिए भने आगामी डबलीमा समेत समय मिलेको खण्डमा उपस्तिथी रहने जानकारी गराउँदै कार्यक्रमको समापन गरेका थिए ।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 3,532 times, 1 visits today)

Comments are closed.