एनआरएनएको सम्मेलन सुरु,कतारबाट कुन पदमा को-को भिड्दैछन्?

हाम्रा महिला,हाम्रा युवा र दोस्रो पुस्ता भन्ने मूल नाराका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं महाधिवेशन तथा विश्व  सम्मेलन आज देखि काठमाडौंमा सुरु भएको छ।

आज बिहान राष्ट्रपति विद्या देवी भण्डारी बाट उद्घाटन गरिएको सो कार्यक्रममा उपप्रधान एवम्  परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले स्वागत मन्तव्य राख्दै सम्पूर्ण गैर आवसिय नेपालीहरुमा नेपाल यात्रा सफल रहोस् भनी कामना समेत गरेका छन्।

चार दिनसम्म चल्ने एनआरएनएको सम्मेलनको पहिलो दिनको उद्घाटन पछि भूकम्पपछिको पुननिर्माणबारे वृहत छलफल हुँदैछ।त्यस्तै सम्मेलन तथा अधिवेशनले एनआरएनएको आगामी कार्यकालको लागि निर्वाचन पनि हुँदैछ।

झण्डै दुई हजार प्रतिनिधिले सहभागी जनाउने उक्त निर्वाचनमा कतारबाट सहभागी उम्मेद्वारहरू यस्ता छन्।

टिबी कार्की (अधक्ष्य)

एनआरएनएको आगामी कार्यकाल (२०१७-१९) का लागि अध्यक्ष पदमा कतारबाट टि.बी कार्कीले प्रतिस्पर्धा गर्दैछन्।संघको छैठौं अधिवेशनबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका कार्कीले यसअघिको सातौं अधिवेशनमा अधक्ष्य पदको प्रतिस्पर्धामा शेष घले सँग पराजित भएका थिए।

संघको अभियानमा निरन्तर सक्रिय रहँदै आएका कार्की सन् २००६ मा कतारको कार्यसमिति सदस्य,२००७-९ मा आइसीसी सदस्य,पाँचौं अधिवेशन बाट सचिव र छैठौं अधिवेशन बाट उपाध्यक्ष पदमा निर्वाचित भइसकेका छन्।यसपाली उनको प्रतिद्वन्दी मा भवन भट्ट र जमुना घले छन्।

नरेन्द्र भाट (उपाध्यक्ष)

संघको आठौं अधिवेशनको उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाट ले उम्मेदवारी दिएका छन्।सन् २००३ देखि गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको अभियानमा सक्रिय रहँदै आएका भाट २००६ मा  एनआरएनए कतारको महासचिव,२००९ मा कतार कै अधक्ष्य पदमा निर्वाचित भइसकेका छन्।त्यस्तै संघको (२०१३-१५) को कार्यकालका लागि भएको विश्वसम्मेलन बाट मध्यपूर्व संयोजकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।यसअघि संघको उपाध्यक्ष पदको निर्वाचनमा भाट दुई पटक पराजित भएका थिए।

आर के शर्मा (मध्यपूर्व संयोजक)

संघको मध्यपूर्व संयोजकको पदकालागि कतारका व्यवसायी राजेन्द्र कुमार शर्माले उम्मेदवारी दिएका छन्।शर्मा  वर्तमान आइसीसी सदस्य हुन।खाडी क्षेत्रमा निकै नै सक्रिय शर्मा कतार,साउदी अरेबिया,युएई,बहराइन, कुवेत लगायतका नेपाई मजदुरहरूको समस्या बुझ्ने र संविधान गर्न सक्ने व्यक्तिको रुपमा चिनिने गरेका छन्।उनी सँगै साउदी अरबका धरम केसीले पनि संयोजक पदमा उम्मेदवारी दर्ता गराएका छन्।

 

हंशराज ढकाल,प्रवीण गुरुङ (मध्यपूर्व सहसंयोजक)

संघको मध्यपूर्व सहसंयोजकमा कतारका हंशराज ढकालको उम्मेदवारी रहेको छ।एनआरएनए को अभियानमा सन् २००७ देखि निरन्तर लागिरहेका ढकालले एनसीसी सदस्य र आइसीसी सदस्यको जिम्मेवारी सफलतापूर्वक निभइसकेका छन्।

त्यस्तै सोही पदका लागि कतारका अर्का व्यवसायी प्रवीण गुरुङले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।सन् २०११ देखि एनआरएनए कतारको पंजीकृत सदस्यता लिएका गुरुङ एनआरएनए कतारको २०१७-१९ कार्यकालका लागि निर्विरोध दृतिय उपाध्यक्ष हुन्।

 

 

 

 

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 44 times, 1 visits today)

Comments are closed.