नाकाबन्दी डिसेम्बर भित्र हट्ने सङ्केत

कुवेतको विदेशमन्त्री खालिद अल जराल्लाहले खाडी समस्या समाधानको लागि कुवेती अमिरले गर्दै आइरहेको उच्च कार्यको प्रशंसा गर्दै डिसेम्बरमा हुने जिसीसी सम्मेलन अगावै समस्या सुल्झिने विश्वास व्यक्त गरेको आजको गल्फ टाइम्समा समाचार छ।

कुवेती न्युज एजेन्सी ‘कुना’ सँग बोल्दै मन्त्री अल जराल्लाहले यसपटकको आयोजक रहेको कुवेतले जिसीसी प्रमुखहरुलाई हाल सम्म कुनै निमन्त्रणा नगरेको जानकारी पनि दिए।

त्यसैगरी कतारले आयोजना गर्ने २०२२ को विश्वकप वार्ताको विषय सँग सम्बन्धित नरहेको कतारको सरकारी सञ्चार कार्यालयका प्रमुख शेख सैफ विन अहमद विन सैफ अल थानीले जिकिर गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै शेख सैफले कतारले विश्वकप छोड्नुपर्ने युएईको मागले उनीहरूको अवैधानिक नाकाबन्दी डाह कै लागि विकास भएको पुष्टि भएको बताए।साथै उनले उक्त माग सिधै कतारको सार्वभौमसत्ता माथिको हस्तक्षेप भएको बताए।

“विश्वकप आयोजना गर्न नदिन योजनाबद्ध असफल नाकाबन्दीले उनीहरूको मानवता विपरितको कार्य देखाएको छ।नाकाबन्दीको ठोस कारण कहिले पनि नभएको र पटक पटक को झुटो आरोपले यसलाई प्रष्ट पारेको छ “शेख सैफले भनेका छन्।

विश्वकप आयोजना गर्ने हाम्रो स्वतन्त्रता जस्तै हो,यो विषयको नाकाबन्दी सँग कुनै लेनदेन छैन।कतारले विश्वकप आयोजना गर्नेछ,फलस्वरूप यसको फाइदा पुरै खाडी क्षेत्रमा हुने उनले थपेका छन्।

यसैबीच युएईका विदेशमन्त्री अनवर गर्गशले मंगलबार कतारले आफ्नो नीति परिवर्तन नगरेसम्म २०२२  विश्वकपको आयोजना गर्न नहुने बताएका थिए।साथै दुबईका उच्च सुरक्षा अधिकारी धाही खलफनले पनि ट्विटर अकाउन्ट मार्फत कतारले विश्वकप आयोजना नगर्ने भए मात्र नाकाबन्दी हट्ने बताएका थिए।उनको यो भनाईको चौतर्फी विरोध भएपछि भने उनले आफ्नो व्यक्तिगत धारणा मात्र प्रस्तुत गरेको भनेर कुरा फेरे।

अरब लिग द्वारा कुवेती मध्यस्तता को समर्थन

अरब लिग का सचिव अहमद अबौल घेत ले कतार अरब लिगको सदस्य भएको नाताले कतारसँग सबै दायित्व तथा अधिकार रहेको बताएका छन्।उनले हालसम्म अरब लिगले कुनै देशको समर्थन वा विरोध नगरेको जानकारी पनि दिए।खाडी समस्यामा कुवेत ले गरेको मध्यस्तताको भने लिगले समर्थन गरेको छ।अहिले सम्म खाडी समस्याबारे उच्च स्तरीय तहमा कुनै कुरा नभएको र कुवेतको सहयोगमा खाडी समस्याको अन्त्य चाँडै हुनेमा आफूहरु विश्वस्त रहेको घेतले बताएका छन्।

 

 

 

 

 

 

 

 

 

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 10,025 times, 1 visits today)

Comments are closed.