मेट्रो स्टेशन र रेल हेर्न पाइने

सन् २०२० देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको दोहा मेट्रो रेलको स्टेशन हेर्न पाइने भएको छ।हिजो एक कार्यक्रममा बोल्दै यातायात तथा सञ्चार मन्त्री जस्सिम सेफ अहमद अल सुलैतिले स्टेशन यसै महिना सर्वसाधारणको लागि खुला गरिने जानकारी दिएका छन्।

सर्वसाधारणले स्टेशन सँगै एक मेट्रो रेल पनि अवलोकन गर्न पाउने कतार न्युज एजेन्सीले जनाएको छ।

सामाजिक कार्यका लागि कतार फाउन्डेसन,यातयात तथा सञ्चार मन्त्रालय र सुरक्षा एवम् सामाजिक सुधार केन्द्र (अमन) बीचको समझदारी माथिको हस्ताक्षर कार्यक्रममा हिजो मन्त्री सुलैतिले दोस्रो ब्याचको दोहा मेट्रो रेल आइसकेको  र तेस्रो आउने क्रममा रहेको जानकारी पनि दिए।

यसअघि कतार रेलवे कम्पनीले तोकिएको समय भन्दा दुई महिना अगावै पहिलो ब्याचको मेट्रो रेलहरु कतार भित्राएको थियो।

दोहा मेट्रो योजना

कतारको लागि दोहा मेट्रो एक महत्वपूर्ण र प्रतक्ष्य योजना रहेको छ।यसले देशको सहर तथा अन्य महत्वपूर्ण स्थानहरू सुविधाजनक र सहजताका साथ जोड्ने काम गर्नेछ।मेट्रो सञ्चालन पश्चात यो खाडी क्षेत्रकै सबैभन्दा द्रुत रेल हुनेछ।

दुई चरणमा सम्पन्न गर्ने हिसाबले निर्माण थालिएको यो योजनाको पहिलो चरण (रातो,हरियो र पहेंलो लाइन) ३७ स्टेशनका साथ सम्पन्न भई सन् २०२० देखि सञ्चालनमा आउने लक्ष्य राखिएको छ।त्यस्तै दोस्रो चरण (निलो लाइन) ७२ स्टेशनका साथ २०२६ देखि सञ्चालनमा आउनेछ।रेल, स्टेशन लगायत योजनाका सम्पूर्ण भाग राष्ट्रिय परम्परा झल्कने गरि निर्माण हुनेछ।

 

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 183 times, 1 visits today)

Comments are closed.