मगर संघ कतारले कलाकार सीता थापा मगरको विदाई गर्‍यो

बिजय कुमार मगर

नेपाल मगर संघ कतारले आफ्नो मातहतमा रहेको महिला विभागकी  निवर्तमान सदस्य तथा कलाकार सीता थापा मगरलाई हिजो एक कार्यक्रम बिच बिदाई गरेको छ । कलाकार मगर कर्मभुमी  कतारको बसाईलाई बिट मार्दै नेपाल फर्कन  लागेकी हुँदा  संघले दोहाको मुन्ताजा पार्कमा  कार्यक्रमको आयोजना गरि स-सम्मान विदाई गरेको हो।

विदाई कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा  सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी स्वयम् सीता थापा मगर रहेकी  थिईन ।  विशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर अतिथिहरुमा सल्लाहकारहरु भिम तरामु मगर, डि एन मगर , नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समितिका सदस्य दिल मरसाङी मगर र मगर  संघ कतारका निवर्तमान सचिव रबिन थापा  मगर रहेका थिए।

कार्यक्रममा  प्रथम उपाध्यक्ष अभिमत पून मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए ।

कार्यक्रममा उपस्तिथि रहेका सम्पुर्ण मगर संघ शाखा परिवारले सीता थापालाइ खादा ओडाएर सम्मान गरेका थिए । संघको तर्फबाट कदर पत्र र मायाको चिनो विशेष अतिथि तथा सभापतिबाट प्रदान गरिएको थियो । साथै कला तथा संस्कृति विभागको तर्फबाट मायाको चिनो संयोजक भुपेन्द्र रिखाम मगरबाट प्रदान गरिएको थियो।

मन्तव्य राख्दै विशेष अथिती तथा वर्तमान  प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले संस्थामा कलाकार सीताले गरेका योगदानको चर्चा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

विदाई हुँदै गरेकी थापाले मगर संघ कतारले दिएको सम्मानका निम्ति  र उपस्थित सम्पुर्णलाई धन्यवाद दिँदै आफू जहाँ रहे पनि मगर संघ कतारले दिएको सम्मान नबिर्सने बताइन् । साथै मगर संघ कतारलाई आफूले आफ्नो कलाको माध्यमबाट गर्न सक्ने सहयोगका लागि कहिले पछि नहट्ने प्रतिबद्धता समेत गरेकी थिइन्  ।

कार्यक्रमको अन्त्यमा सभापति शेर बहादुर रोका मगरले,मगर संघ कतारले आफ्नो सदस्यलाई विदाई गर्नु पर्दा दुखी भएको बताए।साथै उहाँको उज्ज्वल भविष्यको कामना र यात्रा सफलताको शुभकामना गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरेका थिए ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 61 times, 1 visits today)

Comments are closed.