पीडित नेपालीलाई दिल्ली पठाएको समाचार छापिएपछि दूतावासलाई तनाव

कतारबाट पीडित १४ नेपालीलाई दिल्ली पठाएको समाचार आजको कान्तिपुर दैनिकको गृह पृष्ठमा  छापिएपछि कतारस्थित नेपाली दूतावासलाई यतिखेर तनाव झेल्नुपरेको छ।यसैबिच वास्तविकताको गहिराई सम्म नै नबुझी एकपक्षीय समाचार प्रकाशित गर्दा ध्यानाकर्षण भएको भन्दै दूतावासले आज प्रेस विज्ञप्ति समेत निकालेको छ।

के भएको थियो ?

एकवर्ष अघि काठमाडौँस्थित अल सोफी म्यानपावर बाट कतार आएका ती नेपाली कामदारहरु  हरिहर,सर्लाहीका नेपाली व्यवसायी अशोक रायको ड्रिम्स वन ट्रेडिङ एण्ड कन्ट्रयाक्टटिङ कम्पनीमा कार्यरत थिए।सुरुको दुई महिनाको तलब मात्र पाएका ती कामदारहरुले थप आशमा १० महिना काम गरिसक्दा पनि पैसा नपाएपछि कानुनी प्रक्रियामा लागेका थिए।त्यस्तै सहयोग पाउने आशामा दूतावास पुगेका पीडितहरुले दूतावासको सहयोग त के राजदूतले समेत भेट्न नचाहेको गुनासो गरेका छन्।अन्ततः जसोतसो स्वदेश फर्काउने भन्दै उनीहरूलाई दिल्ली अवतरण गराई जम्मा दुई हजार रुपैयाँ दिएर घर फर्कन लगाइएको थियो।

पीडित पक्ष

कान्तिपुर समाचार अनुसार समस्यामा परेपछि पीडितहरुले दूतावासको सहयोग पाउने आशमा त्यहाँ जाँदा राजदूतले भेट्न नचाहेको आरोप लगाएका छन्।पीडित मध्य एक शम्भुकरण महत्तोले,दूतावासले व्यवसायी सँग मिलेर झन् दुःख दिएको भनेका छन्।त्यस्तै पीडितहरुलाई उद्दार गर्ने प्रयास गरेका बीबी खरेलले पनि दूतावासले भेट्न नचाहेको कुरा दोहोर्याएका छन्।दूतावासले कतारी निकायसँग समन्वय गरी दश महिनाको तलब र म्यानपावर तथा नेपाली मुदिरलाई कारबाही गर्नुपर्नेमा उल्टै अन्नाए गरेको पीडितको गुनासो छ।दिल्लीको टिकट दिइएको बारे दूतावासलाई जानकारी नभएको र दिल्लीको टिकट लिनु नै कामदारको गल्ति भएको दूतावासले भनेको छ ।

दूतावास पक्ष

यता दूतावासले भने उक्त शीर्षकमा समाचार छापिएपछि गम्भीर ध्यााकर्षण भएको भन्दै आज विज्ञप्ति निकालेको छ। पीडित नेपालीलाई राजदूतले भेट नदिएको तथा दूतावासले नेपाली व्यवसायीसँग मिलेर कामदारलाई दुःख दिएको भनी एकपक्षीय रुपमा कान्तिपुर दैनिकमा टिप्पणी प्रकाशित गरी नियोजित रुपले व्यक्तिगत आक्षेप लगाउने कार्य गरेको विज्ञप्तिमा उल्लेख छ। साथै कतारमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने सम्बन्धमा प्रचलित नेपाली एवम् स्थानीय कानून तथा प्रकिया अनुसार सम्बन्धित पीडित कामदारलाई थप समस्या नपर्ने तवरले उपलब्ध भएसम्मका सबै उपायहरु अबलम्बन गरी तत्काल उद्दार गर्ने कार्यमा नेपाली राजदूतावास सदैब प्रतिबद्ध रहेको जानकारी समेत दिएको छ । नेपालीहरुका समस्या सहज, सरल र सिघ्र समाधान गर्ने उद्देश्यका साथ कतारमा रहेका नेपालीहरुका लागि राजदूतावास एवम् राजदूत सम्म सहज पहुँचको लागि उद्दार गर्दै आइरहेको छ।यसै सिलसिलामा राजदूतावासबाटै आवश्यक सवारी-साधनको व्यवस्था समेत गरी विविध सम्पर्कका माध्यमहरुको यथेष्ट व्यवस्था गर्दा गर्दै पनि नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा यस्ता बिषयमा एकपक्षीय टिप्पणी प्रकाशित हुँदा दुःखी भएको दूतावासले जनाएको छ।

राजदूतावासले असल नियत राखी पीडितहरुलाई उद्दार गरेको कुरालाई उपेक्षा गरी जानी-नजानी राजदूतावास एवम् राजदूतको व्यक्तिगत मान-मर्दन हुने किसिमले भ्रामक एवं तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम श्रृजना नगर्न-नगराउन समेत सबैमा हार्दिक अनुरोध गरेको छ ।

यस विषयमा तपाईंको राय के छ,प्रतिक्रिया जनाउन नभुल्नु होला।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 6,245 times, 1 visits today)

Comments are closed.