एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच एकता, ६ बुँदे सहमतिमा हस्ताक्षर

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित ६ बुँदे सहमति भएको छ । मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको थियो ।

राष्ट्रिय सभामा भएको संयुक्त पत्रकार सम्मेलनमा तीन राजनीतिक दलबीच दलीय एकता र चुनावी एकताको विषयमा तीन दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। केपी ओली, प्रचण्ड र बाबुराम भट्टराईले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा चुनावमा एउटै घोषणा पत्र बनाउने, चुनाव पछि पार्टी एकीकरण गर्ने लगायत छन् ।

माओवादीले धोका दिएको कांग्रेसको निश्कर्ष

नेपाली कांग्रेसले माओवादी केन्द्रले धोका दिएको बताएको छ । एमाले मओवादीबीच चुनावी तालमेल र पार्टी एकताबारे तयारी गरेपछि सत्ताघटक प्रमुख दल कांग्रेसले यस्तो निश्कर्ष निकालेको हो । कांग्रेसको मंगलबार बसेको आकस्मिक बैठकले एमाले मओवादीको अस्वभाविक गठबन्धन बन्न लागेको भन्दै त्यसलाई आपत्ति समेत जनाएको छ ।

 

कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?

माओवादी शान्ति प्रक्रियामा आएयता १० वर्षदेखि सुषुप्त रूपमा भएको लामो कसरत र प्रयासपछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मंगलबार पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो।

सहमतिका लागि निकै लामो कसरत गर्नुपरेको नेताहरूले बताएका छन्। छरिएर रहेका अन्य वामपन्थी तथा अग्रगामी परिवर्तनकारी शक्तिहरूलाई पनि एउटै कम्युनिस्ट केन्द्रमा सहभागी भई अगाडि बढ्न उनीहरूले अपिलसमेत गरेका छन्। वामपन्थीहरूबीच हुन लागेको यो एकता र चुनावी तालमेल कसैविरुद्ध लक्षित नभई देशको आवश्यकताका आधारमा निर्माण भएको घोषणासभामा सहभागी शीर्ष नेताले बताएका छन्।

मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘सहमतिपत्र घोषणासभा’मा तीनै पार्टीका नेताले आर्थिक समृद्धि, स्थिर सरकार र बलियो राष्ट्रिय एकता कायम गर्न एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता महसुस गरी पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको बताए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 1,046 times, 1 visits today)

Comments are closed.