तनहुँ सेवा समाजको दशौं अधिवेशन सम्पन्न

नवराज वि.क

तनहुँ सेवा समाज कतारको दशौ अधिवेशन सहित विजयादशमी तथा दिपावली र छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सनैया स्थित रोटना होटलमा आयोजित कार्यक्रममा नेपाली दूतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष पदम बहादुर वि.क को सभापतित्व रहेको थियो ।

कार्यक्रमको औपचारिक सञ्चालन बलराम गैह्रेले गरेका थिए । त्यस्तै अतिथीहरुलाई स्वागत मन्तब्य रेशम तामाङ्गले गरेका थिए भने तनहुँ जिल्लाको पृष्ठभुमी र संस्थाको बारेमा नबराज वि.क ले प्रष्ट पार्दै प्रवासमा समाजको भुमिका बारे उत्जागरण गरेका थिए ।

विशेष अतिथी टि.बी कार्कीले तनहुँ समाजको प्रशंसा गर्दै आशन्न एनआरएनको आठौ विश्व सम्मेलनमा मध्यपुर्वको एकता र सहकार्यता लाई जोड दिएर सहमतिको लागी मध्यपुर्वको प्रतिनिधित्व गर्न आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी गराए ।

त्यस्तै प्रमुख अतिथी नरेन्द्र ज्ञवालीले श्रमिकहरुको हितमा दुतावास सक्रिय रुपमा लागी परेको बताए। कतारमा स्थापित सामाजिक संघसंस्थाहरुको भुमिका महत्वपुर्ण रहेकै कारण श्रमिक नेपालीहरुको समस्या पहिचान गरी समाधान गर्नमा सहयोग मिलेको उनले थपे।त्यस्तै कतारमा रहेका सामाजिक संस्था मध्य एक तनहुँ सेवा समाजले गरेका हरेका कार्यहरु पनि सबैका लागी प्रेरणाको स्रोत भएको बताए ।

 

कार्यक्रममा संस्थालाई अगाडि बढ्न महत्वपुर्ण सहयोग गरेका करिमबख्स मियाँ,रामहरी गैह्रे,धन बहादुर परियार,निमलाल कुमाल,मुनाफ मियाँ,तोयानाथ पौडेल,रितकुमार श्रेष्ठ,श्रीराम मल्ल लगायत थुप्रै कलाकार एवम् अन्यलाई सम्मान पनि गरिएको थियो । विभिन्न समयमा कलाकारहरुले दिएको विविध सांस्कृति प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनेको थियो ।

कार्यक्रममा गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका कार्यबाहक अध्यक्ष शुर्दसन भट्ट,परिषदकै सल्लाहकार हकारदा मुसलमान,प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष रामहरी गैह्रे,पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रशाद बन्जाडे,जनसम्पर्क समिती कतारका केन्द्रिय सदस्य राम सुयल, तराई मधेस मञ्च कतारका अध्यक्ष हुसेन खान,जनप्रगतिशिल मंञ्च कतारका प्रतिनिधि मोहन कार्की, जनप्रगतिशिल मोर्चाका प्रतिनिधि रेशम पौडेल ,नयाँ शक्ति कतारका प्रतिनिधि तानविर आलम, सघिंय समाजबादी कतारका सहअध्यक्ष हिराधन राई,समाजसेबी केबी हमाल ,कृष्ण बराल,ईश्वर काफ्ले लगायत विभिन्न समाजिक संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

समाजको दशौ अधिबेशन बाट नवगठित पदाधिकारीहरु

अध्यक्षकेश बहादुर गुर्मछान मगरको नेतृत्वमा नवगठित पदाधिकारीहरु प्रथम उपाध्यक्ष नारायण ढुङ्गना,द्धितिय उपाध्यक्ष मिनराज वि.क तृतिय उपाध्यक्ष मन कुमार श्रेष्ठ,महासचिब पदम गिरी,सचिब सङ्गम पाण्डे,कोषाध्यक्ष गणेश क्षेत्री, सहकोषाध्यक्ष पदम बा.रानाभाट चयन भए।साथै सदस्यहरुमा नन्दसिंह थापा, बद्रि बगाले,विकाश भुजेल,मधुराम पौडेल,रुप बहादुर वि.क सुनिल नेपाली,गोबिन्द प्रशाद सुबेदी चयन भएका छन् ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 9,193 times, 1 visits today)

Comments are closed.