कतारमा सम्झियो स्व. डा.डिनालाई

सिताराम थापा

४५औं पुन्य तिथिको अवसर पारेर लम्जुङ सेवा समाज कतारले  स्व डा. डिना वाङ्देलको स्मरणमा श्रदान्जली सभाको कार्यक्रम सम्पन्न गरेको छ । विगत केही वर्ष देखि कतारको प्रतिष्ठित शैक्षिक संस्था ” भर्जिनिया कमन वेल्थ युनिभर्सिटि ” को कला विभाग प्रमुखको रुपमा कार्यरत डा. वाङदेल वरिष्ठ साहित्यकार एवम् संस्कृतविद  स्व. लैन सिङ वाङ्देल कि सुपुत्री हुन ।गत जुलाई २५ तारिकका दिन नाकको उपचारको क्रममा अमेरिकाको अस्पतालमा ५४ बर्षको उमेरमा डा.डिनाको असामयिक निधन भएको थियो ।

स्व. डा. डिना वाङ्देल

अध्यक्ष बिष्णुलाल श्रेष्ठको सभापतित्वमा दोहाको टप फर्म रेस्टुरेन्टमा सम्पन्न श्रदान्जली  सभामा संस्थाका पदाधिकारी , स्वर्गिय डा. वाङ्देलका आफन्तजन तथा अन्य शुभ चिन्तकहरुको उपस्थिती  थियो । कार्यक्रममा उपस्थित सबै लाई स्वागत गर्दै संस्थाका कोषाध्यक्ष बिनोद बसौलाले  लम्जुङ सेवा समाज कतार र स्व. डा. वाङ्देल बिचको सम्बन्ध तथा लम्जुङेहरु प्रती उहाँले देखाउनु भएको सद्भाव र मायाको बारेमा चर्चा गर्नु भएको थियो साथै उहाँले  गत जनावरी महिनामा एनआरएनए  कतारको समन्वय  र  भिसियु कतारको आयोजनामा आयोजित कतार नेपाल भिजुअल आर्ट्स कार्यक्रममा  नेपाल बाट आमन्त्रित लम्जुङे चित्रकार हितमान गुरुङको  उपस्थितिले डा. वाङ्देल र लम्जुङ समाज कतार को सम्बन्ध अझ प्रगाढ भएको कुरा लाई स्मरण गराउनु भयो ।

शोक मन्तव्य राख्ने क्रममा डा. वाङ्देलका आफन्त तथा सहयात्री डा. देब काजी डङगोलले उहाँको मृत आत्माको चिरशान्तिको कामना ब्यक्त गर्नुभयो । भावुक हुँदै डा. डङोलले डा. डिनाको मृत्यु नभई केवल कोमामा रहेको जस्तो र कुनै बेला फेरि फर्केर आउन सक्ने  भ्रम भईरहेको बताउनुभयो । त्यस्तै  शोक मन्तब्यकै क्रममा  अर्का सहयात्री एबम आफन्त  सुजेन्द्र श्रेष्ठले डा. डिनाको व्यक्तिगत जिवनी र उहाँले नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न खेल्नु भएको भुमिका बारेमा  चर्चा गर्दै उहाँको निधनले नेपाली समाजलाई ठुलो  क्षति पुगेको कुरा ब्यक्त गर्नु भयो ।त्यस्तै संस्थाका संरक्षक पुर्ण पोखरिया र सल्लाहकार कृष्ण बराल  तथा प्रबासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेलले पनि शोक मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा शोकमा डुबेका  डा. डिनाका  श्रीमान डा. बिभाकर शाक्यले तयार पार्नु भएको कबिता “गन टु सून” को भिडियो क्लिप र उहाँका जिवनी सहितको अन्तरवार्ताको भिडियो देखाईएको थियो ।

कार्यक्रममा गुमनाम हुँदै दोहामा चित्रकारिता गर्दै आएका मोरङ उर्लाबारी १ निवासी मन बहादुर सुब्बाले कोरेका स्वर्गिय डा. डिनाको उत्कृष्ट चित्रहरु सार्वजनिक गरिएको थियो। साथै चित्रकारिताको उच्च मूल्याङ्कन गर्दै संस्थाले सुब्बालाई सम्मान पत्र प्रदान गरिएको थियो।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 6,969 times, 1 visits today)

Comments are closed.