कवि रमेश श्रेष्ठलाई सुने कतारका साहित्यिक सर्जकहरुले 

दिलीप पराजुली,दोहा 

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार र नवोदित साहित्यिक वाचनालय कतारले कवि रमेश श्रेष्ठसंग भेटघाट तथा रचना वाचन कार्यकम सम्पन्न गरेको छ ।बिशेष कारणले कतार आइपुगेका कवि श्रेष्ठसंग दोहामा हालसालै साहित्यिक जमघट भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतारका अध्यक्ष तिर्थ संगम राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यकममा कबि श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने दोहाका बुद्दिजिबि तथा डबलीका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा दिप मिलन, सागर भण्डारी, यादब रेग्मी, ईश्वर शाही,दिलिप पराजुली,मणि पौडेल, श्यामराज रानाभाट, प्रेम प्रसाद भट्टराई ,सिताराम थापा, अर्जुन चापागाई, रुप रसाइली र तिर्थ संगम राइ लगायत डेढ दर्जन भन्दा बढी साहित्यिक सर्जकहरुको उपस्थित द्वारा गजल तथा कविता वाचन गरिएको थियो भने कवि श्रेष्ठले करिब एक दर्जन भन्दा कविता तथा गीत वाचन गरेका थिए ।

कार्यकममा कविले गिद्द स्वपना, काली दमिनी, शिर, माझि, बाघ, सम्पादकलाई चिठी, दमै चरो, आमा र शितहरु, नदि उत्सब, पहाड, अन्तर धोनी र म्युजियममा जस्ता गरेर डेढ दर्जन कविता वाचन गरेका थिए ।

कार्यक्रममा पुर्व विशिष्ट श्रोता बिल बहादुर गुरुङले यस साहित्यिक संस्था दोहाको एक नमुनाको रुपमा रहेको जिकिर गर्नुका साथै समयमा शुरु हुने र समयमा सकिने र कुनै पनि भाषण बाजी नरहने कार्यक्रमको अर्को विशेषता भएको बताए । कार्यकममा कविलाई आयोजक संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यकमको अन्त्यमा सभापति तिर्थ संगम राईले कवि रमेश श्रेष्ठलाई यसरी सुन्न र सुनाउन पाउँदा साह्रै खुशी लागेको बताए ।त्यस्तै लामो समय देखी नेपाली भाषा र साहित्यमा योगदान गरिरहेका श्रेष्ठलाई अनेसास नवोदितमा आउँदा निकै खुशी लागेको बताए।

अन्त्यमा कविको आफ्नो कतार बसाई शुखद र सहज बन्नेमा आफू ढुक्क महसुश गर्दै कार्यक्रमको समापन गरेका थिए ।

उपाध्यक्ष शाहीलाई सम्मान तथा बिधाई 

नवोदित साहित्यिक वाचनालय कतारका प्रथम उपाध्यक्ष ईश्वर शाही कतारको बसाइलाई बिट मारेर जाँदै गर्दा अनेसास नवोदितले सम्मान तथा बिधाई कार्यकम सम्पन्न गरेको छ ।कवि श्रेष्ठ सँग भेटघाट तथा वाचन कार्यक्रममा नै शाहीलाई बिधाई गरिएको हो । शाही लामो समय देखी नेपाली साहित्य र दोहाको साहित्यिक माहोलमा निकै योगदान गर्ने व्यक्ति हुन् । उनलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 9,864 times, 1 visits today)

Comments are closed.