आज दोस्रो चरण निर्वाचन- ६२ हजार उम्मेदवार परीक्षामा

दोस्रो चरणको निर्वाचन अन्तर्गत १, ५ र ७ नम्बर प्रदेशमा आज बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।

पहिलो चरणझैँ यसपटक पनि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित, महिला वडा सदस्य पदका लागि निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुनेछ ।

तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । चार हजार ५ सय ८१ मतदानस्थलका आठ हजार ३ सय ६८ मतदान केन्द्रमा मतदान हुँदै छ । स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी निर्वाह गर्ने जनप्रतिनिधिको चयन गर्नेछ ।

मतदान हुन लागेका तीन वटै अधिकांश स्थानमा अहिले पानी परिरहेको छ। पानीका कारण मतदातालाई भोट हाल्न जानका लागि समस्या देखिएको छ। तर पनि धेरै जसो मतदाता छाता ओढेर निर्वाचनमा सहभागी भएका छन्।

विशेषगरी १ र ५ नम्बर प्रदेशमा अझ वढी वर्षा भएको मौसम विद्ले जनाएका छन्।

मौसमविद विभूति पोख्रेलका अनुसार १ नम्बर प्रदेशको ताप्जेजुङ, संखुवासभा बाहेकका जिल्लामा ठूलो वर्षा भइरहेको छ। यस्तै ५ नम्बर प्रदेशमा बाँके, बर्दिया बाहेकका ठाउँमा पानी परिरहेको छ। ७ नम्बर प्रदेशमा भने डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लामा पानी परिरहेको मौसमविद् पोख्रेलले जानकारी दिए।

गएको जेठ २९ गते पूर्वी नेपालबाट आएको मनसुन मंगलबार बेलुकादेखि देशैभरि फैलिएकाले बुधबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए।

– नयाँ पत्रीकाको सहयोगमा

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 10,284 times, 1 visits today)

Comments are closed.