कतारमा आज चलचित्र “मतान” प्रर्दशन हुँदै

कतारमा आज सामाजिक कथानक नेपाली चलचित्र “मतान” प्रर्दशन हुँदैछ । किरात राई यायोख्या शाखा कतारको आयोजना र सोलुखोला सिने प्रा.ली को प्रस्तुतीमा चलचित्र आज सनैया स्थित डल्ला ड्राईभिङ्ग एकेडेमीमा अपरान्ह १ र ३ः३० बजे गरि दुई शो प्रर्दशन हुँदैछ । चलचित्रको टिकट दर भने ३०,५० र १०० कतारी रियाल रहेको छ । साथै टिकट बुकिङ्ग तथा अन्य जानकारीको लागि ३३४०५७०९ र ६६६९७२९५ मा सम्पर्क गर्न सकिनेछ ।

२०१५ को सर्वोत्कृष्ट आदीवासी जनजाती राष्ट्रिय चलचित्र अर्वाड प्राप्त गर्न सफल चलचित्र मतान करिब २ घण्टा अवधिको चलचित्र हो । छोटो र सरल प्रकृतिको यो चलचित्र ग्रामिण परिवेशमा हुर्केका केशव राईको अनुभव हो । चलचित्र समाजमा रहेको जातिय विभेद, छुवाछुतलाई कथाबस्तुको माध्यमबाट तयार पारिएको  छ । सवै छायाँकन ग्रामिन भेगको प्रकृतिक परिवेशलाई वनाइएको छ । गाउँले वोलिचालि, किराँति सस्कृति, भाषाको सरल तरिकाले प्रयोग गरिएको छ । कथावस्तु मार्मिक छ । यहि सम्पुर्ण तत्वहरुवाट चलचित्र उत्कृष्ट छ ।

चलचित्रको लेखक तथा निर्माता केशव राईले हुन भने यसलाई विनोद श्रेष्ठले निर्देशन गरेका हुन । कलाकारहरुमा सुरवीर पण्डित,कमल खालीङ्ग राई,विनिता घिमिरे,विनोद श्रेष्ठ,कविता आले,टुपेन मगर,वविता राई लगायत रहेका छन । चलचित्रको कथा बस्तुमा राई संस्कतिसंगै गाउँले परिवेशमा हुर्केका युवायुवति विचको प्रेम कहानी र बैदेशिक रोजगारले पारेको प्रभावको विषयमा आधारीत रहेको बताईएको छ ।

सोलुखोला सिनेमा प्रालीको व्यानरमा निर्माण गरीएको यस चलचित्रलाई तारा थुलुङ्ग राई र सुनिता बुढाथोकी मगरले निमार्ण गरेका हुन । चलचित्रको सम्पुर्ण छायाङ्कन सोलुखुम्बुमा गरीएको हो । चलचित्रमा ३ वटा गीत समावेश गरीएको छ । गीतमा सुनीता राई र टोपेन मगरले आवाज भरेका छन भने गायक टोपेन मगरले नै संगीत गरेका छन
राष्ट्रिय

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 9,060 times, 1 visits today)

Comments are closed.