जोर्डन संग नेपाल ६-० ले पराजित

कतार फुटबल एशोसियसन द्वारा जारी पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले जोर्डन सँग नमिठो हार बेहोरेको छ । हिजो शुक्रबार अल अह्रली फुटबल क्लबको मैदानमा भएको खेलमा जोर्डनले नेपाललाई ६-० को फराकिलो गोल अन्तरले हरायो। हार संगै यस वर्ष पनि नेपालको प्रतियोगिताको उपाधी जित्ने सपना समाप्त भएको छ।

नेपाली टिम भन्दा सशक्त खेल प्रर्दशन गरेको जोर्डानी टिमले पहिलो हाफमा नै ४ गोल गरिसकेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो।त्यस्तै खेल अवधिभर नेपाली टिमले केही मौकाहरु पाए पनि गोलमा परिणत गर्न भने सकेन।

नेपालले आगामी २८ अप्रिल मा तेस्रो स्थानको उपाधिको लागि भारत संग प्रतिस्पर्धा गर्नेछ।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 6,869 times, 1 visits today)

Comments are closed.