अब श्रमिकले काम करार अवधि सकिन अगावै कतार छोड्न पाउने 


कतारमा रहेका आप्रवाशीको प्रवेश,प्रस्थान र आवास नियमन गर्ने २०१५ को कानुन न. २१ का केही प्रावधान संशोधन गर्दै कतारका अमिर शेख तामिम बिन हमाद अल थानी ले बुधबार २०१७ को कानुन न. १ जारी गर्नुभएको छ । संशोधित नियमको अनुसार श्रमिकले रोजगार दातालाई खबर गरेको खण्डमा विदा, आपतकालिन अवस्थामा अथवा अरु कुनै कारणले कतार छोड्न अधिकार पाउनेछन् ।

त्यस्तै कामदारले आफ्नो काम करार अवधि सकिन अगावै पनि कतार छोड्न पाउने जारी भएको नयाँ नियममा थप गरिएको छ ।

यधपी रोजगारदाताले कुनै अवरोध गरेको खण्डमा कामदारले सिधै गमन पत्र उजुरी केन्द्रमा उजुरी दिनपाउनेछ । केन्द्रले उजुरी पाएको ७२ घन्टामा नै कामदारलाई कतार छोड्ने गमन पत्र प्रदान गर्नेछ । तर श्रमिक कुनै पनि अपराधिक क्रियाकलापमा समावेश भएको हुनुहुँदैन् ।

गमन पत्र उजुरी केन्द्र गत साल श्रमिक सम्बधि नयाँ कानुन लागु भएको एक दिन अगाडी डिसेम्बर महिनाको १२ तारिख स्थापना भएको थियो । आन्तरिक मन्त्रालयका कानुन मामिला समितीका प्रमुख ब्रिगेडियर सलिम सकर अल मुराइखी का अनुसार केन्द्रमा परेको उजुरीलाई समितीले तीन दिन भित्रमा सुल्झाउनेछ । समितीले पनि कुनै कारणबश उजुरी सुल्झाउन नसकेको खण्डमा भने श्रमिकले आन्तरिक मन्त्रालयमा पुन उजुरी गर्नपर्नेछ ।

के हो गमन पत्र उजिरी केन्द्र (EXIT PERMIT GRIEVANCES COMMITTEE) ?

कतार छोड्न चाहिने गमन पत्र (एक्जिट पर्मिट) पहिले आफु कार्यरत कम्पनी बाट लिनु पर्ने व्यबस्था मात्र थियो भने अब आँफै अनलाईन बाट लिन पनि सकिनेछ । तर आफु कतार छोड्ने बारे आफ्नो कम्पनी लाई खबर भने गर्न पर्ने हुन्छ ।
यधपी कम्पनीले गमन पत्र दिन नमानेको खण्डमा गमनपत्रका लागि श्रमिक आँफैले सिधै उजूरी दिने केन्द्र नै (एक्जिट परमिट ग्रिभानसेस कमिटि) हो ।

यो अनलाइन, प्रहरी चौकी वा सम्बन्धित सरकारी कार्यालय बाट निबेदन दिन सकिनेछ । समिती ले उक्त निबेदन लाई ७२ घण्टा भित्र नै सम्बोधन गर्नेछ अझ आपत्कालिन खण्डमा यस्ले अझ छिटो काम गर्नेछ ।

गमन पत्र उजूरी केन्द्रले कसरी काम गर्ने छ त ?

यस समिती आन्तरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग तथा MADSLA का उच्च पधाधिकरी हरु बाट बनेको समिती हो । यहाँ श्रमिक को उजुरी पर्ने बित्तिकै यसले श्रमिक को कम्पनी मा खबर गर्नेछ । कम्पनीले गमन पत्र दिन नमानेमा गमन पत्र अश्विकार को बारेमा सोध्पुछ गर्नेछ । श्रमिक र कम्पनीको बिगत का गतिबिधी लाई निग्रानीमा राख्नेछ । श्रमिकले बिगत मा कुनै अपराधिक कृयाकलाप वा कतार मा श्रृण नभएको खण्डमा भने यस्ले स्वत्त गमन पत्र दिनेछ । अझ श्रमिक लाई आपत्कालिन परेको खण्डमा पनि आवश्यक कागज पत्र मिलाई यस समितिले गमन पत्र छिटो दिनेछ ।

याद राख्नुहोश, तपाईंको कम्पनीले एक्जिट पर्मिट नदिएको खन्डमा मात्रै उजुरी गर्नु होला । पहिलाको जस्तै तपाईंको कम्पनीले पनि एक्जिट पर्मिट दिनसक्नेछ।  कम्पनीले पर्मिट दिदा छिटो र तपाईंहरु बिचको सम्बन्ध राम्रो रहन सक्छ।  

थप समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

आफ्नो प्रतिकृया दिनुहोस
यो समाचार कुल 7,567 पटक हेरिएको छ ।

Comments are closed.