फेसबुकको प्रोफाइल मा भिडियो पनि

facebook-video-profile-gif
फेसबुकले आफ्नो भइरहेको ले आउटमा कस्मेटिक परिवर्तन गरिसकेपछि अब आफ्नो ले आउटमा एकदमै नयाँ परिवर्तन गर्ने भएको छ।
प्रोफाइल भिडियोः
फेसबुकले गर्ने परिवर्तनहरु मध्ये एक हो प्रोफाइल फोटोमा। फेसबुकमा अब प्रोफाइल फोटोको साटो प्रोफाइल भिडियो राख्ने सकिनेछ। यो सुविधा फेसुबुकले चाँडै ल्याउँदैछ। आफ्नो फोनमा देखिने रेकर्ड बटन थिचेर ७ सेकेण्डसम्मको अडियो विनाको भिडियो शुट गर्न सकिनेछ। यो भिडियो आफ्नो प्रोफाइलको लुपमा आफैँ चलिरहन्छन्। यसमा प्रयोगकर्ताले छानेको एक स्थिर कभर फोटो भने अरुतिर देखिनेछ। यो जुलाईमा सार्वजनिक गरिएको स्न्यापच्याटको प्रोफाइल जीआइएफसँग मिल्दोजुल्दो अवधारणा हो।
03-featured-photos_cy_final
फिचर्ड फोटोः
फेसबुकको अर्को नयाँ फिचर भनेको प्रयोगकर्ताले अब ५ वटा फिचर्ड फोटाहरु छानेर आफ्नो प्रोफाइलको माथिल्लो सेक्सनमा पिन गर्न सक्नेछन्। यसबाट जसलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्छ उनीहरुले आफुलाई चिन्न धेरै सजिलो हुनेछ। उक्त ५ फोटाहरुमा प्रयोगकर्ताले जे पनि राख्न सक्नेछन्। यो मुख्य प्रोफाइल फोटो नभए पनि यसको भूमिका महत्वपूर्ण हुने बताइएको छ।
अस्थायी प्रोफाइल फोटोः
यस फिचरबाट प्रयोगकर्ताले आफ्नो कुन चाँहि प्रोफाइल फोटो कति समयका लागि प्रोफाइलमा रहने भन्ने कुराको निर्णय गर्न सक्नेछन्। जस्तै मानौ प्रयोगकर्ताले कुनै विशेष दिन वा घटनाको प्रतिनिधित्व गर्ने फोटो राखेको भए र त्यो फोटो एक दिनका लागि मात्र रहोस् भन्ने चाहना भएमा  यसमा टाइमर सेट गर्न सकिनेछ। एकदिन पछि उक्त फोटो आफैँ हटेर प्रयोगकर्ताको ओरिजिनल प्रोफाइल फोटो रहनेछ।
भिजीबिलिटी कन्ट्रोल र बायोः

प्रयोगकर्ताको प्रोफाइलमा सबैभन्दा माथि देखिने केही महत्वपूर्ण स्थानका लागि फेसबुकले केही इनलाइन प्राइभेसी कन्ट्रोल ल्याउने भएको छ। आफ्नो अबाउट सेक्सनमा जुन क्षेत्रहरुमा पब्लिक गरिएको छ ती कुराहरु आफ्नो प्रोफाइल फोटोको तलपट्टि देखिनेछन्। यसबाहेक बायो फिल्डमा १०० अक्षरमा आफ्नो बारेमा लेख्न सकिनेछ।

 profile-redesign-small
मोबाइल डिजाइनः
बाँयाबाट दायाँ चल्ने फेसबुकको आफ्नो डिजाइनलाई मोबाइल–फस्र्ट डिजाइनमा बदलन गइरहेको छ। यसबाट प्रोफाइल फोटो वा भिडियोहरुको साइज ठूलो हुने र स्क्रिनको वीचमा आउनेछन्। यसको तल भागमा सानो प्यानल रहेको हुन्छ जसमा साथीहरु तथा फोटोको बारेमा जानकारी दिन सकिनेछ।

हाल यी परिवर्तनहरु अमेरिकाका केही स्थानका प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध गराइने भएको छ। यिनीहरुको परिक्षण सफल भएपछि विश्वभरीका फेसबुक प्रयोगकर्ताहरुले यी सुविधाहरु उपयोग गर्न सकिने आशा गरिएको छ।

स्रोत : सेतो पाटी

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 1,411 times, 1 visits today)

Comments are closed.