“ब्याकअफइन्डिया” ट्विटरको एक नम्बरमा

नेपालको संविधानप्रति आपत्ति जनाउँदै भारतले दिएका विभिन्न अभिव्यक्तिको सामाजिक सञ्जाल ट्विटरमा व्यापक विरोध भएको छ । त्यसका लािग सामाजिक सञ्जाल प्रयोगकर्ताले ह्यासट्याग ‘ब्याकअफइन्डिया’लाई ट्विट गरेका छन् । सोमबारबाटै सुरु भएको यो ह्यासट्यागको ट्विट–ट्विटरमा भाइरल बनेको छ । मंगलबार दिउँसो तीन बजेपछि यही ह्यासट्याग विश्वव्यापी ट्विटर ‘ट्रेन्ड’को एक नम्बरमा पनि रह्यो ।
मंगलबार भारतको विरोधमा सामाजिक सञ्जालमा एउटै आक्रोश थियो– पछाडि हट भारत, हाम्रो आन्तरिक विषयमा हस्तक्षेप नगर्नू ।
मंगलबार दिउँसोसम्ममा यो ह्यासट्याग ट्विटरमा दुई लाखभन्दा धेरैपटक प्रयोग गरियो । छोटो समयमा धेरैपटक यही ह्यासट्यागमा ट्विट आएपछि विश्वको एक नम्बर ‘ट्रेन्डिङ’मा यो ह्यासट्याग पुगेको हो । ट्विटरमा प्रतिमिनेट सात सयभन्दा धेरै ट्विटहरू यही ह्यासट्यागका साथ आए । मंगलबार साँझसम्म यो ‘ह्यासट्याग’मा एक लाख ७८ हजारभन्दा धेरै ट्विट गरिए ।

कसरी सुरु हुन्छ ‘ट्विटर ट्रेन्ड’ ?
सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रयोग गरेका ह्यासट्यागलाई ट्विटरले पहिले पहिचान गर्छ । त्यसबारे आम चासो के हो भन्ने बुझ्छ । ह्यासट्याग प्रयोग गरिएको विषयमा त्यस क्षेत्रका अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले के भनिरहेका छन् भन्ने ट्विटरले अध्ययन गर्छ । त्यसपछि निश्चित अवधिमा कति ट्विट गरिएका छन् भन्ने अध्ययन गरिन्छ । त्यो अध्ययनले कुनै पनि विषय या ह्यासट्याग ‘ट्रेन्डिङ टपिक’मा पर्ने/नपर्ने निर्धारण हुन्छ । त्यो कुन स्थानमा रहने भन्नेचाहिँ कति अवधिमा कति ट्विट गरिएका छन् भन्नेमा भर पर्छ । अन्य ह्यासट्याग र विषयभन्दा छिटो धेरै ह्यासट्याग प्रयोग गरेर गरिएका ट्विट ट्रेन्डिङमा अगाडि पर्दै जान्छन् । ट्विटरले त्यस्ता विषयलाई रोक्ने/नरोक्नेबारे कुनै हस्तक्षेप नगर्ने बारम्बार बताउँदै आएको छ । -नयाँ पत्रिका

सामाजिक सञ्जालको यो ‘सेक्सन’ ‘ब्याकअफइन्डिया’ ‘ह्यासट्याग’ प्रयोग गरिएका केही ट्विट :

twit t1

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 50 times, 1 visits today)

Comments are closed.