कान्तिपुरको दोश्रो च्यानल, कान्तिपुर गोल्डको आजदेखि औपचारिक प्रसारण

कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिले आफ्नो दोस्रो च्यानल कान्तिपुर गोल्डको शुक्रबारदेखि औपचारिक प्रसारण गर्दै छ ।

Kantipur Gold TV Channel

परीक्षण प्रसारण गरिरहेको कान्तिपुर गोल्ड गत वैशाख १२ गतेको भूकम्पका कारण औपचारिक प्रसारणमा आउन ढिला भएको हो । कान्तिपुर गोल्डको व्यावसायिक प्रसारण शुक्रबार साँझ ६ बजे सुरु हुनेछ ।

खेलकुद, मनोरञ्जन र जीवनशैलीका सामग्रीलाई घरघरमै पुर्‍याउन कान्तिपुर गोल्डले प्रयास गर्नेछ । कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिले आफ्नो दोस्रो च्यानलले चलचित्र, गीतसंगीतलगायत मनोरञ्जनात्मक सामग्रीलाई स्तरीय ढंगले उत्पादन र प्रसारण गर्ने जनाएको छ । त्यस्तै मुलुकमा भएका खेल गतिविधिको प्रत्यक्ष प्रसारणलाई कान्तिपुर गोल्डले उच्च प्राथमिकतामा राख्नेछ । कान्तिपुर गोल्डले मुलुकभित्र र बाहिरका खेल तथा मनोरञ्जनका गतिविधिलाई समेट्नेछ ।

परीक्षण प्रसारणकै अवधिमा नयाँ आयामका विभिन्न कार्यक्रम प्रसारण गरी दर्शकको मन जितेको गोल्डले औपचारिक प्रसारण सुरु गरेसँगै नयाँ कार्यक्रमहरू थप्दै लैजानेछ । युवापुस्ताका रुचिका विषय र आधुनिक प्रविधि बारेका सामग्री पनि यसले समेट्नेछ । अन्तर्राष्ट्रिय गतिविधि र स्वास्थ्यसम्बन्धी सामग्रीसमेत गोल्डले प्रसारण गर्नेछ । त्यसबाहेक केही समीक्षात्मक र सूचनामूलक कार्यक्रम पनि यसमा प्रसारण हुनेछन् । कान्तिपुर गोल्ड मोबाइलमा केएमजी एपबाट पनि प्रत्यक्ष हेर्ने सकिनेछ । आज को कान्तिपुर दैनिकमा खबर छ।

कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिले आफ्नो दोस्रो च्यानल सुरु गर्न लागेकोमा समस्त दर्शक, विज्ञापनदाता र शुभेच्छुकमा खुसी व्यक्त गरेको छ । पहिलो च्यानलजस्तै दोस्रो च्यानलले पनि दर्शकको साथ पाउने विश्वास पनि कान्तिपुर टेलिभिजनले लिएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 146 times, 1 visits today)

Comments are closed.