फेसबुकमा अब “डिस्लाइक बटन”

Print

Print

फेसबुक संस्थापक मार्क जुकरबर्गले ‘डिस्लाइक बटन’ छिटै ल्याउने घोषणा गरेका छन ।

फेसबुकमा डिसलाइकका बारेमा चर्चा हुन थालेको धेरै भइसक्यो । अब चाहिँ लामो प्रत्यक्षाको अन्त्य हुने भएको छ । फेसबुकमा डिसलाइक अप्सन आउँदैछ ।

यसअघि ‘डिसलाइक’ राख्ने कुनै योजना नभएको’ बताउँदै आएका फेसबुकका सिइओ मार्क जुकरबर्गले मंगलबार एक प्रश्नोत्तरमा यस्तो खुलासा गरेका हुन् ।

‘धेरै वर्षदेखि हामीलाई डिस्लाइकको विषयमा आग्रहहरु आइरहेका छन्,’ उनले भने, ‘आज म के भन्न सक्ने अवस्थामा छु भने हामी यसमा काम गरिरहेका छौं र चाँडै सबैले यसको स्वाद लिन पाउनेछन् ।’

फेसबुकले सन् २०१३ मा ‘सिम्पेथाइज’ बटन राखेको थियो । तर, त्यसको प्रयोग अत्यन्त कम भएपछि हटाइएको थियो । सामाजिक सञ्जाल फेसबुकका विश्वभर अहिले डेढ अर्ब प्रयोगकर्ता छन् ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 11 times, 1 visits today)

Comments are closed.